कमला नदीमा पुल माग गर्दै मधेशको मुख्यमन्त्री कार्यालयमा आमरण अनशन
४ भदौ जनकपुरधाम। कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशन थालेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष …
हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा नयाँ पुल माग्दै युवाहरूले सुरु गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ । कमला नदीमा पुल नहुँदा सानो दूरीको यात्रा तय गर्न लामो बाटो प्रयोग गर्नुेपर्ने बाध्यता रहेको भन्दै सिरहाका १० युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशनमा बसेका छन् ।अनशनका बसेका १० युवामध्ये सात जनाको...

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सरोकारवालाहरूले आमरण अनशन सुरु गरेका छन् । हुलाकी सडकखण्डमा धनुषा–सिरहा जोडने कमला नदीमा पुल निर्माणको माग गर्दै धर्ना सुरु गरिएको हो । कमला नदीसँग जोडिएका बस्तीका स्थानीय बासिन्दा, जनप्रतिनिधि र युवाहरू धर्नामा बसेका हुन् ।
हुलाकी राजमार्गको अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै १० जना युवाहरूले मधेश सरकारको प्रशासनिक भवनअगाडि आमरण अनशन सुरु गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि सिरहा नगरपालिकाका आठ र औरही गाउँपालिकाका दुई जना वडाध्यक्षसहित १० जना युवाहरूले आमरण अनशन सुरु गरेका हुन् । उनीहरूले सङ्घीय सरकार मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग...

रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेण्टी जफत भएको छ । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको अन्तरिम आदेशको रिट खारेज भएसँगै सडक कार्यालय रौटहटले बैंक ग्यारेन्टी जफत गरेको हो । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाख रुपैयाँको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । १४ करोड ९३ लाख रुपैयाँमा ठेक्का सकारेको पप्पुले सम्झौताअनुसार काम नगरेको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सम्झौता अनुसार काम गर्न पटक पटक ताकेता गर्दै आएको थियो ।
पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्नेगरी २०७१ असार २९ मा सम्झौता गरेको थियो । तर पप्पुले निर्माण अलपत्र पारेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक पटक पत्र पठाएर काम थाल्न अनुरोध गर्दा पनि बेवास्ता गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए ।
निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको र लिखित तथा मौखिक ताकेता समेत बेवास्ता गरेकाले शर्तविपरीत गएको भन्दै सडक डिभिजन कार्यालयले जेठ १० गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि पप्पुले उच्च अदालत वीरगञ्जमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेको थियो । दायर गरेको रिटमा उच्च अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत् राख्न भन्दै अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशपश्चात् पनि केही कामदार लगाएर निर्माण कम्पनीले काम अगाडि बढाइरहेको थियो । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको सोही अन्तरिम आदेश मागको रिट खारेज भएसँगै बैंक ग्यारेन्टी जफत भएको हो ।
ठेक्का सकार गर्ने बेला राखेको बैंक ग्यारेन्टी जफत गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साहले बताए । उच्च अदालतले पप्पु कन्स्ट्रक्सनले दिएको रिट खारेज गरेसँगै अब नयाँ ठेक्काका लागि बाटो खुलेको कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, पत्रकार सञ्जय सहनी अलपत्र लालबकैयाको पुल यथाशीघ्र निर्माणको माग गर्दै लागि आमरण अनशन बसेका छन् । पुल नबनेका कारण बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतनालगायत दर्जनौं गाउँका बासिन्दा हिउँदमा बाँसको लच्का बनाएर आवतजावत गर्न बाध्य छन् । यस्तै बर्खायाममा गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ ।