नेपाल थ्री नेशन्स कपको च्याम्पियन (फाेटाे फिचर सहित)

नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गर्नुभयो । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो । सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल हुनुभयो । विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–१ ले हराए यता कुनै गोल गर्न सकेको थिएन ।

सम्बन्धित सामग्री

अलमुताइरीको आगमन र विवाद : २०२१ मा नेपाली फुटबलमा जे भयो

काठमाडौं : २०२१ मा नेपाली फुटबल चर्चामा रह्यो। कोभिड १९ संक्रमणका कारण लामो समय ठप्प रहेर दशरथ रंगशालामा फुटबल फर्कियो। नेपाल, कीर्गिस्तान यू २३ र बंगलादेशबिचको थ्री नेशन्स कप नेपालले घरेलु मैदानमा जित्यो। योहान कालीन कोभिडका क्रममा घर गएर नेपाल फर्किएनन्। थ्री नेशन्स कपमा नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा खेल्यो। च्याम्पियन…