-सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौं मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्यांकन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया सुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।
लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करिब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।