नेपाली कांग्रेस : सिफारिस गरिएका समानुपातिक सूचीमा बालुवाटारमा कैँची !

नेपाली कांग्रेस समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्न जुटेको छ । समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएका नामहरूलाई ‘सर्ट लिस्ट’ गर्न नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका हुन् ।कांग्रेसमा संघ र प्रदेश गरी ४ हजारको आसपासमा नेताहरूको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् । यसलाई संघमा ११० र प्रदेशमा २२० को सङ्ख्या झार्न नेताहरूलाई सकस परिरहेको छ ।लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार सिफारिस गरिएका नामलाई ‘सर्ट लिस्ट’ गर्न सातवटै

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्यका लागि मधेशबाट काँग्रेसका ७ जना सिफारिस

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेशले राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ।कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्यका लागि ७ जनाको नाम प्राथमिकता निर्धारण गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएका छन्।पार्टीको प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा जनकपुरधाममा बसेको बैठकले वरिष्ठता, कार्यक्षमता, समावेशी, समानुपातिक तथा बैठकमा सहभागी सदस्यहरूको सुझावलाई ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरे

काठमाडौं–६ बाट सबुज बानियाँ प्रत्यक्षतर्फ एकल सिफारिस

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस क्षेत्र नं ६ बाट प्रत्यक्ष तर्फ कृष्ण (सबुज) बानियाँ सिफारिस भएका छन् । काठमाडौ जिल्ला कार्यसमितीको पुर्ण बैठकले सो क्षेत्रबाट बानियाँलाई एकल सिफारिस गरेको हो । यसैगरी, काठमाडौं क्षेत्र नं ६ समानुपातिक तर्फ सांसद भिमसेनदास प्रधानको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ६ बाट प्रत्यक्ष तर्फ दुवै नेताको […]

प्रदेशमा रौतहट १ बाट साह र यादवको नाम सिफारिस

रौतहट : नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको छ। शनिबार बसेको कांग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’ मा नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको नाम सिफारिस भएको हो।कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए।त्यस्तै, समानुप

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट सिफारिस

रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस  भएका छन् ।  एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको ना

बारा ४ (क) बाट प्रत्यक्ष तर्फ ९ र समानुपातिकमा १८ जनाको नाम सिफारिस

नेपाली कांग्रेस, प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराले निर्वाचन क्षेत्र ४ (क) को लागि प्रत्यक्ष र समानुपातिक तर्फ दावेदार उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १८ जनााको नाम सिफारिस गरेको हो ।जसमध्ये प्रत्यक्ष तर्फ नवराज त्रिपाटी, श्यामबाबु गुप्ता,ओमकृष्ण कार्की, छविलाल शर्मा, नारायणी रायमाझी, कपिलदेव यादव, शोभा लामा, टिकाराम पौडेल र राजु पौडेल रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ महिला, जनजातीबाट रेणु श्रेष्ठ,राम बहादुर

कांग्रेस मुगुका सभापति शाहीकाे उम्मेदवारी सर्वसम्मत सिफारिस

मुगु – नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐनबहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रूपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ। शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले बताए। उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिकतर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, महिला समानुपातिक धनसिला […]

गोविन्द परियार काठमाडौँ–६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट […]

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए । अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

कांग्रेस र एमालेको निर्णयले दबाबमा माओवादी, समानुपातिक सांसदबारे के गर्छ ?

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आसन्न चुनावमा एक पटक समानुपातिक भएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस उम्मेदवार सिफारिस गर्दा समानुपातिकलाई नराख्न परिपत्र गरेको छ भने एमालेले केन्द्रीय कमिटीबाट समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको छ । कांग्रेस र एमालेको निर्णयले तेस्रो दल नेकपा माओवादी केन्द्र पनि दबावमा परेको छ । माओवादीले यसबारे […]