रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिरहेका लगानी बोर्डको कार्यालय तथा काठमाडौं विश्वविद्यालयले दुई मन्त्रीसमक्ष अध्ययनबारे ‘ब्रिफिङ’ गरेका छन् ।सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलका क्रममा ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महिन्द्र राय यादवको उपस्थिति थियो ।