लमजुङ – मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढी पहिरोले अवरुद्ध भएको छ । बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढी पहिरोले सडक क्षतविक्षत बनाएको छ […]