दिनभरि व्यस्त रहँदा र मेहनत गर्दा शरीर थाकेर राति मीठो निद्रा लाग्नुपर्ने हो ।
तर केही मानिसलाई यस्तो अवस्थामा पनि निद्रा लाग्दैन र कोल्टे फेरेरै रात बित्छ ।
यसका लागि रातिको खानपान पनि जिम्मेवार हुन्छ । केही खानेकुराले निद्रालाई डिस्टर्ब गरिदिन्छन् ।
यहाँ हामी त्यस्ता केही खानेकुराको चर्चा गर्दैछौं जसको सेवन निद्राअघि कदापि नगर्नुहोला ।
पास्ता
राति मज्जाले सुत्ने हो भने कार्बोहाइड्रेट भरिएको पास्ता जस्ता खानेकुरा खानै हुँदैन । सुत्नुअघि पास्ता खाँदा त्यो बोसोमा परिणत हुन्छ । यसका साथै पास्...