जुम्लाको चन्दननाथकी उपप्रमुखले तलब सुविधा नलिने

जुम्ला चन्दननाथ नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रामदेवी खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा मासिक तलब सुविधा नलिने घोषणा गरेकी छन् । आज आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरेकी उपप्रमुख खड्काले पाँच वर्षसम्म प्राप्त हुने आफ्नो मासिक तलब एक महिला, दलित, गरिब तथा विपन्न समुदायका लागि खर्च गर्ने बताइन् ।उनले भनिन्, “कार्यविधि बनाएर कोष जम्मा भएको रकम ती वर्ग र समुदायका लागि खर्च गर्छौँ ।” विद्यमान कानुनले व्यवस्था गरेअनुरुप उपप्रमुखको हैसियतमा प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको

सम्बन्धित सामग्री

कर्मचारी युनियनले तलब सुविधा आयोगमा बुझायो सुझावसहितको प्रतिवेदन

२३ माघ, काठडमाडौं । वैज्ञानिक तवरले निजामती कर्मचारीहरुको तलब सुविधा पुनरवलोकन एवं समायोजनको माग गर्दै नेपाल निजामती कर्मचारी युनियनले उच्चस्तरीय तलब सुविधा आयोगमा राय सुझाव सहितको प्रतिवेदन बुझाएको छ । तलब निर्धारणका आधारभूत सिद्धान्त, विश्वव्यापी मूल्यमान्यता, न्यून तलब हुँदा पर्ने नकारात्मक प्रभाव, विगतमा गठन भएका तलब आयोगहरुका प्रतिवेदनको विश्लेषण गर्दै तलब तथा सुविधाको पुनरवलोकनका लागि […]

सांसदको तलब-सुविधा बन्द गर्न ज्ञापनपत्र

सांसदलाई दिइँदै आएकाे तलब–सुविधा बन्द गर्न माग गरिएकाे छ। राष्ट्रिय एकता अभियान नेपालले सांसदलाई दिँदै आएको तलब–सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ। अभियानका अध्यक्ष विनय...

उच्चस्तरीय तलब सुविधा आयोगले थाल्यो काम, तीन महिनामा प्रतिवेदन दिने

काठमाडौँ । उच्चस्तरीय तलब सुविधा आयोगले औपचारिक रूपमा काम थालेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई मंगलबार नियुक्ति पत्र प्रदान गरे । मन्त्रालयमा आयोजित कार्यक्रममा शर्माले आयोगका संयोजक र दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गरेका हुन् […]

उच्चस्तरीय तलब सुविधा आयोगले थाल्यो काम, तीन महिनामा प्रतिवेदन दिने

१४ भदौ, काठमाडौं । उच्चस्तरीय तलब सुविधा आयोगले औपचारिक रुपमा काम थालेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई मंगलबार नियुक्ति पत्र प्रदान गरे । मन्त्रालयमा आयोजित कार्यक्रममा शर्माले आयोगका संयोजक र दुई सदस्यलाई नियुक्ति पत्र प्रदान […]

उच्चस्तरीय तलब सुविधा आयोग गठन

सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले देशको आर्थिक अवस्था र खर्च बहन गर्नसक्ने क्षमता समेतका आधारमा कर्मचारी र श्रमिकको तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्न पूर्व […]

सुविधा पुनरावलोकनबारे अध्ययन गर्न सरकारले बनायो उच्चस्तरीय तलब सुविधा आयोग

सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ ।

सरकारद्वारा उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौँ,७ भदौ । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले देशको आर्थिक अवस्था र खर्च बहन गर्नसक्ने क्षमता समेतका आधारमा कर्मचारी र श्रमिकको तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी […]

सर्वदलीय सहमतिमै तलब–सुविधा बढाइएको हो : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पारेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले प्रदेश पदाधिकारीहरूको तलब सुविधा बढाउनु बाध्यता भएको दाबी गरेका छन्। मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रमअनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा सरकारले मन्त्रिपरिषद्‌बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको जानकारी दिए। अ

विद्यालयका कर्मचारीद्वारा वृद्धि गरिएको तलब–सुविधा माग

मोरङ – गत साउनबाट मोरङको जहदाँ गाउँपालिकास्थित विद्यालयमा कार्यरत कर्मचारीले वृद्धि भएको तलब सुविधा नपाएको गुनासो गरेका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको विद्यालय तथा ३२ वटा विद्यालयमा कार्यरत करिब ७० जना सहयोगी कर्मचारीले वृद्धि भएको तलब–सुविधा नपाएको गुनासो गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा उनीहरूले सरकारसमक्ष वृद्धि गरिएको तलब सुविधा पाउनुपर्ने माग गरेका हुन्। […]

प्रदेशसभा सदस्य थापाले सबै तलब सुविधा सामाजिक कार्यमा खर्चिए

पोखरा । गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले आफूले प्रदेश सभासदस्यको हैसियतमा प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक कार्यमा खर्चिएका छन् । थापाले कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ का लागि सांसद्को हैसियतमा पाएका सम्पूर्ण तलब सुविधा सामाजिक काममा खर्चिएका हुन् ।उनले बुधबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका बेला आफूले जनतासँग निर्वाचन भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिबद्धता व्यक्त गरेअनुसार आपूmले प्रदेश सभा सदस्यका रुपमा पाएको सम्पूर्ण