प्रधानसेनापति पूर्णचन्द्र थापाले आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै आधुनिक सेनाको परिकल्पना सार्थक हुने बताए । उनले भने, ‘सेनाको तीन जोड एक कमाण्ड अ