१९ माघ, काठमाडौं । छिमेकी मुलुक चीनको अर्थतन्त्रले पहिलो पटक युरोपेली युनियनको समग्र अर्थतन्त्रलाई उछिनेको छ । सन् २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने अनुमानबीच चीनले युरोपेली युनियनको अर्थतन्त्रलाई उछिनेको हो । यसै हप्ता युरोपियन स्टाटिस्टिकल अफिसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष युरोपेली युनियन (ईयू) को कूल ग्राहस्थ उत्पादन ५.२ प्रतिशतले वृद्धि भएको थियो । […]