‘मनसुन निष्क्रिय, तत्काल झरी र बाढी-पहिरोको जोखिम छैन’

१४ भदौ, काठमाडौं । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए । उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ । तराई तिर भने घाम लागेको छ । ‘तर […]

सम्बन्धित सामग्री

यसपाली दशैँ ‘हिलाम्मे’ हुने सम्भावना कति ? के भन्छन् मौसमविद् ?

भदौको अन्तिम साताबाट दर्किरहेको झरीले अप्रत्याशित क्षति गरिरहेको छ । तुलनात्मक रुपमा पहिरो र बाढीका जोखिम कम भएका ठाउँहरुमा यसपालीको दशैँ वर्षाले हिलाम्मे बनाउने हो कि भन्ने चिन्ता छ । साउनमा औसत भएको वर्षा भदौको अन्तिम साताबाट एकाएक बढ्यो । नेपालमा सामान्यताय, औसतमा जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । तर, अहिले हरेक दिन दर्किने झरी हेर्दा मनसुन अझै केही दिन सक्रिय रहने अनुमान गर्न सकिन्छ । यसपाली जुन ५ मै प्रदेश नम्बर १ हुँदै नेपालमा मनसुन प्रवेश गरेको थियो । त्यस आधारमा सेप्टेम्बर १८ पछि मनसुन निष्क्रिय हुने अनुमान थियो । तर, अझै पनि मनसुन सक्रिय छ ।दशैँ हिलाम्मे हुन्छ ?मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसपाली मनसुन बाहिरिने मिति तोक्न सकेको छैन । तर, सक्रिय मनसुन अक्टुबर छोएर मात्रै बाहिरिने अनुमान गरिएको छ ।मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै गएपछि र दक्षिण पूर्वी हावा नभई पश्चिमी हावा बहन थालेपछि मात्रै मनसुन हट्दैछ भन्न सकिन्छ । तर, अहिले यस्तो कुनै संकेत देखिएको छैन । त्यसैले, अझै १० दिन जति मनसुन सक्रिय रहने अनुमान गरिएको छ । १० दिन मनसुन सक्रिय रह्यो भने अक्टुबर १ बाट क्रमशः बाहिरिन्छ । यो भनेको फुलपातीको अघिल्लो दिन ।यसपाली विगत वर्षभन्दा बढी वर्षा हुने अनुमान गरिए अनुसार नेपालमा अक्टुबर २ सम्म मनसुन रहन सक्ने अनुमान भएको थियो । सोही मितिलाई औसत मिति मानेर एक वा दुई दिन अघि पछिबाट मनसुन बाहिरिन सुरु गर्ने अनुमान गरिएको  मौसमविद् सञ्जीव अधिकारी बताउँछन् ।सेप्टेम्बर २७ अर्थात् असोज ११ गतेसम्म देशभर मौसम सामान्य बदली रहने छ ।फुलपातीको दिनबाटै मनसुन बाहिरिन सुरु गर्यो भने पनि दशैँको टिकाको दिनतिर बाट मात्रै खुला हुनेछ ।

पानी पर्न कम भए पनि पहिरोको जोखिम कायमै

काठमाण्डाै - केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ। केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्। मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ । अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले पा...