काठमाडौँ। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज मंगलबार दाबी/विरोधको उजुरी दिन पाइने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध उजुरी दिन पाइने भएको हो।
उजुरी दिन निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ। निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ।