नेपाल बार एशोसिएसनको आन्दोलनको विरोध र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने ६ जनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको छ ।
प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै बारले सर्वोच्चको गेटमा धर्ना शुरू गरेपछि राणाको पक्षमा नाराबाजी गरेका थिए ।
त्यसक्रममा सामान्य झडपसमेत भएको थियो ।
प्रहरीले ४ महिलासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । अहिले कानून व्यवसायीहरू सर्वोच्च अदालतको गेटमा धर्नामा छन् ।