काठमाडौं : निजी विद्यालयहरूले शिक्षकहरूलाई अत्यन्त न्यून तलब दिएको गुनासो काठमाडौं महानगरपालिकामा परपेछि महानगर प्रमुख बालेन शाहले सरकारी शिक्षकसरह तलब दिन गत बिहीबार निर्देशन दिए। उक्त निर्देशनको यतिखेर चौतर्फी प्रशंसा भएको छ।निजी विद्यालयमा पढाउने शिक्षकहरूले स्वागतयोग्य भन्दै खुसी व्यक्त गरेका छन् तर यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले भने यसको विरोध गरेको छ। कुनै हालतमा सरकारीसरह तलब दिन नसकिने‚ दिनै बाध्य पारे विद्यालय बन्द गर्ने प्याब्सनको चेतावन