'सामानका लागि मात्र होइन, मलाई फेरि उठेको हेर्न आउनुस्,' उनले लेखेकी छन्, 'तपाईंहरूको एउटा उपस्थिति, एउटा माया, एउटा शुभकामनाले पनि सायद आज टुटेको मेरो मनलाई फेरि जोड्नेछ।'
काठमाडौँ । नेपालले अन्तर-व्यवस्थापिका संघ (आइपियु) को आगामी महासभामा मुलुकमा आएको बाढी-पहिरोजस्ता जलवायुजन्य विपद्लाई मुख्य विषय बनाएर ‘आपतकालीन प्रस्ताव’ दर्ता गराउने भएको छ । सिंहदरबारमा आयोजित पत्रकार अन्तरक्रियामा सभामुख डोलप्रसाद अर्यालले आइपियुको इतिहासमै नेपालले पहिलो पटक यस्तो संसदीय कूटनीतिक अभ्यास थाल्न लागेको जानकारी दिएका हुन् । उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको […]
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई स्वाभाविक रूपमा लिँदै लडेको ठाउँबाट फेरि उठेर दुईतिहाइको लक्ष्यमा पुग्न सकिने बताएका छन्।
काठमाडौँ । प्रतिनिधिसभाको वर्षे अधिवेशनका क्रममा सरकारले ३५ वटा विधेयक संसदमा दर्ता गरेको छ। तीमध्ये १२ वटा विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् भने ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेका छन्। अधिवेशनका क्रममा संसदमा प्रस्तुत गरिएका अन्य विधेयक भने विभिन्न समिति तथा सदनमा छलफल र विचाराधीन अवस्थामा रहेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । […]
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले पहिलो पटक घर निर्माण गर्ने नागरिकलाई निश्चित मापदण्ड अनुसार नि:शुल्क निर्माण सामग्री उपलब्ध गराउने र गरिब तथा विपन्नलाई आवासका लागि अनुदान दिने प्रस्तावसहित भवन ऐन संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको जनाएको छ। मन्त्रालयले असोज १६ गते जारी गरेको प्रेस नोटअनुसार मन्त्री सुनील लम्सालको नेतृत्वमा तयार गरिएको विधेयकले भवन […]