पूर्वीपहाडी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका– २, माझीधाराकी कल्पना जोगीलाई २१ माघमा सुत्केरी व्यथाले च्याप्यो । १८ वर्षीया कल्पनाका श्रीमान् चक्काजामले बिर्तामोडमै थुनिएकाले घरमा थिएनन् । बुहारीले घरमा बच्चा जन्माउन नसक्ने देखेपछि ४५ वर्षीया सासूले दिउँसो ३/४ बजेतिर कल्पनालाई गाउँकै सिंहापुर प्राथमिक स्वास्थ्यचौकीमा पुर्याइन् । उनलाई त्यहाँ भर्ना गरियो । गर्भवतीको नर्मल डेलिभरी सम्भव...