प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरू यतिबेला स्थानीय चुनावको चटारोमा देखिएका बेला तिनै नेताका समकालीन बामदेव गौतम भने निकै फुर्सदिला देखिन्छन् । कम्युनिस्ट आन्दोलनमा दशकौँ गुजारेका उनी अहिले सामान्य नागरिकको दर्जामा सीमित देखिन्छन् । तीन पटक संसदीय चुनाव जितेर तीनै पटक मुलुकको गृह मन्त्रालयको समेत बागडोर सम्हालेका गौतम गुपचुप हुँदा धेरैको सोधीखोजीको विषय बन्न पुगेका छन् । गौतम के गर्दैछन् त ? रातोपाटीकर्मी सोमबार बिहान साढे ११ बजे गौतम निवास भैँसेपाटी पुग्दा उनको निवासमा कुनै चहलपहल देखिए