काठमाडौँ- शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिँदै गगन थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताएका छन्। कांग्रेस नेताहरुले पटकपटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेको बताए। नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’को बारेमा होइन, ‘हामी’को बारेमा सोचेको उल्लेख नेता थापाले गरे। […]