बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आजबाट छलफल प्रारम्भ हुने भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका लागि आज दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि धारणा व्यक्त गर्ने कार्य सूची रहेको छ ।गत जेठ १६ गते बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक व