विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भाइरसको घातकपन र यसले मानव स्वास्थ्यमा गर्ने क्षतिबारे अनुसन्धान हुन बाँकी रहेको बताएको छ।विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने वा यसले मानव स्वास्थ्यमा गर्ने क्षतिका विषयमा अनुसन्धान भइरहेको र अहिले नै यसको खतरनाकपनबारे स्पष्ट नभएको आइतबार जनाएको छ।दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालै नयाँ भेरिएन्ट देखिएको हो। यहाँ गत दुई सातायताका परीक्षणमा यो भेरियन्टको विकास भएको बताइएको छ।