काठमाडौँ – महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य भएको छ। बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न बैंक र क्यापिटलबीच सहकार्य भएको जनाइएको छ। एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना- एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो। महालक्ष्मी विकास बैंकको […]