'घण्टी'बारे ओलीको टिप्पणी : अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न यता लिएर आए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन्।च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे।अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न जस्तै यता पनि लिएर आएका छन्। अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुप्प फुल्यो।त्यतातिर पनि केही होला। त्यतातिर नजाऔं।&r

सम्बन्धित सामग्री

ओलीको टिप्पणी- कांग्रेसको रुख सुकिसकेको छ, बचाउन मतपत्रमा हरियो रङ भनियो

‘अब रुख बचाउन हरियो रङको मतपत्र बनाउने रे । चुनाव चिह्न हरियो राख्दैमा कांग्रेस बहुरिने हो र ? राख्ने भने रातो बनाऔँ । रुख पनि रातै राखौँ, हरियो प्रस्ट देखिन्छ कि रातो ?,’ उनले भने, ‘निर्वाचन आयोगले त्यो निर्णय सच्याओस् ।’

मतपत्रमा चुनाव चिह्नको रंगले मतमा प्रभाव पर्छ ?

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने जानकारी निर्वाचन आयोगले दिएको थियो । सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको आरोप लगाए । कमजोर आँखा हुनेहरुले रुखैरुख देख्नु भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो ।&nb