कोभिड नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।शनिबार बालुवाटारमा नेकपा एमालेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।