आखिर कसको सहयोगले राष्ट्रपति गोटबाया राजपाक्षे श्रीलंका छोडेर रातारात माल्दिभ्स भागे ?

एजेन्सी । श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएको छ । राजनीतिक उथलपुथल भएको छ । जनता सडकमा निस्किएका छन् । देशका नेताहरू जनतालाई अप्ठ्यारोमा छोडेर एकपछि अर्को गर्दै देश छोड्ने क्रममा रहेका छन् । राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नो परिवारसहित रातारात माल्दिभ्स भागेका छन् । यस्तो अवस्थामा ठूलो प्रश्न उठेको छ आन्दोलनका बीचमा गोटाबाया राजापाक्षेलाई श्रीलंकाबाट भाग्न कसले मद्दत गर्‍यो ?

सम्बन्धित सामग्री

श्रीलंका संकट : प्रदर्शनकारी निवासमा छिरेपछि भागे राष्ट्रपति

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति निवास छिरेका छन्। बिबिसीले उल्लेख गरे अनुसार राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी राष्ट्रपति गोटबाया राजपाक्षेको सरकारी निवासमा प्रवेश गरेका हुन्। प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भागेर सुरक्षित ठाउँमा गएको बिबिसीले उल्लेख गरेको छ। उनी कहाँ छन् भन्नेबारे जानकारी दिइएको छैन। श्रीलंकामा बढ्दो मूल्यवृद्धि र अत्यावश्यक सामग्रीको अभाव चर्किएसँगै लामो समयदेखि विरोध प्रदर्शन भइरहेको छ