माच्छापुच्छ्रे बैंकले नारायणहिटी दरबारमा स्थापना गर्‍यो लकर, मोबाइल राखेर घुम्न सकिने

काठमाडौं। माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुका लागि लक्षित गर्दै मोबाइल लकर स्थापना गरिदिकएको छ।  बैंकले नारायणहिटी दरबार

सम्बन्धित सामग्री

नारायणहिटीबारे छानविन समितिको प्रतिवेदन : सरकारी अधिकारी पनि दोषी

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालन गर्ने बतास अर्गनाइजेशनसँगै सञ्चालन गर्न दिनेसम्मको निर्णयमा पुग्ने सरकारी अधिकारीहरूलाई समेत छानविन समितिले दोषी देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले गठन गरेको छानविन समितिले तयार गरेको प्रतिवेदनमा ठेक्का सम्झौता गर्नू नै गलत भएको र संग्रहालयमा बतास समूहले ठेक्का लागेपछि सम्झौताविपरीत नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानूनी कारबाही नभएका उल्टै संरक्षण भएको भन्दै उनलाई पनि दोषी देखाएको हो । ‘क्यान्टिन क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमांकन नगरी क्यान्टिन क्याफ्टेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको र नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्वस्वीकृति र समन्वय नगरी नयाँ संरचना निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संवद्र्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरिएको नदेखिएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ । एउटै परिवारभित्रका शेयर सदस्यहरू रहेका तीनओटा फर्मका बोलपत्रदाताहरू आपसमा मिलोमतो गरी न्यूनतम मूल्यांकन गरी आपसमा मिलेमतो भएको समितिको ठहर छ । बी म्यानेजमेन्टले प्रालिले १ हजार ७७ रुपैयाँ ७४ पैसा बढी कबोल गरी टेन्डर हात पारेको थियो । बतास अर्गनाइजेशनको स्वामित्वमा रहेको बी म्यानेजमेन्टले क्यान्टिन र क्याफ्टेरियाका लागि तोकिएको क्षेत्रभन्दा बढी उपभोग गरेको जनाइएको छ । समितिले सम्झौता विपरीत बी म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानूनी कारबाही गरेको नपाइएको, निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको नदेखिएको र समितिको निर्णय एवं प्रभुत्व अधिकारभन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशकबाट बी म्यानेजमेन्ट प्रालिसँग सम्झौता गरेको पाइएको निष्कर्ष निकालेको छ । छानविन समितिले क्यान्टिन क्याफ्टेरिया सञ्चालन गर्नका लागि क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै त्यस्तै क्यान्टिन क्याफ्टेरियामा भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तिको बजार मूल्यलाई समेत आधार मानेको नदेखिँदा कायम भएको दररेटलाई स्वभाविक मान्न नसकिएको प्रतिवेदनको ठहर छ । सार्वजनिक खरीद ऐन, २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भएबमोजिम एउटै परिवारभित्रका शेयर सदस्यहरू रहेका तीनओटा फर्मका बोलपत्रदाताहरू आपसमा मिलेमतो गरी न्यूनतम मूल्यांकन रकम २,२०,४४०/२६ रुपैयाँभन्दा १,१७७/७४ पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेको देखिँदा ठेक्का सम्झौता कार्यमा एकआपसमा मिलेमतो भएको हुनसक्ने देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । छानविन समितिले प्रतिवेदनमा आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरू निर्माण भएको देखिएकाले, दोस्रो पक्षको रूपमा रहेको बी म्यानेजमेन्ट प्रालिले अनुमति पाएकोभन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिई नयाँ संरचनाहरू निर्माण गरेको देखिएकाले निर्माण कार्य तत्काल रोकी सम्बद्ध निकायबाट आवश्यक कारबाही हुनुपर्ने छानवनि समितिको निष्कर्ष रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरबारमा भएको अनियमितताबारे छानविन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन् । उनले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दु:खको कुरा भएको बताए । नारायणहिटी दरबारमा रहेको ऐतिहासिक सुरुङ बंकरभित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको खुलासा समेत गरे । ‘वास्तवमा यो बन्दाबन्दीको समयमा नारायणहिटी राजदरबारभित्र भौतिक संरचना निर्माण गर्न क्याफे, पसल सञ्चालन गर्नका लागि विगतमा नै निर्णय भएको रहेछ । र, विभन्न देशविदेशबाट मलाई सूचना आएपछि मैले यसलाई सूक्ष्म तरीकाले अध्ययन गर्न थालें । अध्ययन गर्दै जाने क्रममा १४ रोपनी जग्गामा पक्की स्ट्रक्चर निर्माण गरेको पाइयो । तर, यसको सुरक्षा गर्ने नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालजी उहाँले हेर्नुपर्दथ्यो,’ मन्त्री आलेले भने, ‘उहाँले निगरानी दिन सक्नु भएन । त्यसमा मलाई दु:ख लागेको छ । वास्तवमा एउटा संग्रहालय, देशको सम्पत्ति आज नेपाली जनताले मलाई समस्या समाधान गर्ने जिम्मा दिएको छ । त्यसको संरक्षण गर्ने मेरो कर्तव्य हो ।’ छानविन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर भएका अनियमिततालाई कडाइका साथमा छानविन गर्ने र कारबाही गर्नका लागि नै म यहाँ आएको छु । हामी प्रतिवेदनको माध्यमद्वारा अनुसन्धान र आवश्यक कारबाहीका लागि पहल गछौंं । जसले यसमा कमी कमजोरी गरेका छन् ती सबैलाई कडा कारबाही हुनेछ ।’ मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषभित्र रेस्टुराँ सञ्चालन गरिरहेको विषयमा पनि अबको ७ दिनभित्र प्रतिवेदन आउने र त्यसअनुसार नै कारबाही प्रक्रियाअघि बढाउने बताए ।

यस्तो छ नारायणीहिटी दरबारमा क्याफ्टेरिया सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्राहालयको परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालन सम्बन्धी अध्ययन एवं छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्री प्रेम ओलेले अध्ययन समितिका संयोजक होमप्रसाद लुइँटेलबाट प्रतिवेदन बुझेपछि त्यसलाई सार्वजनिक गरिएको हो। दरबारभित्र अनाधिकृत रुपमा बतास समूहले संरचना निर्माण गरेको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले पुस २२ गते तीन दिनको […]

नारायणहिटी दरबारमा रेस्टुरेन्ट चलाउने निर्णयले योगेश भट्टराई विवादमा

नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिइएको विषयमा पुर्वमन्त्री योगेश भट्टराई विवादमा परेका छन् । शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटीलाई इतिहासका लागि संरक्षण गर्नुको ...

‘नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैन’

काठमाडौँ - पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् । नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पारेका हुन् । आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र द…

‘नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैन’

काठमाडौँ - पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् । नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पारेका हुन् । आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र द…

नारायणहिटीभित्र बतास ग्रुपले बनाउँदै गरेको कफीसप निर्माणको काम रोकियो

काठमाडौं : नारायणहिटी दरबारभित्र बतास ग्रुपले बनाउँदै गरेको कफीसप निर्माणको काम रोकिने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनसँगै नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले निर्माण कार्य रोक्न पत्र काटेको हो।उक्त विषयमा अहिले विवाद आएको हुँदा तत्कालका लागि कफीसप निर्माणको काम रोकिने निर्णय गरेको समितिले पत्र मार्फत जानकारी गराएको हो।दरबारमा कफीसप सञ्चालनका लागि समितिले बतास ग्रुप अन्तर्गतको बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालिसँग स

५५ वर्षपछि झन् जेलिँदै पहिलो फिल्मको इतिहास

अहिलेसम्म पनि यो विवाद टुंगिसकेको छैन । तर, केही समयअघि नारायणहिटी दरबार संग्रहालयभित्र रहेको हलमा यसको रिल भेटिएपछि यो विवाद टुंगिने अपेक्षा गरिएको थियो । तर, दरबारमा भेटिएको रिलको प्रारम्भिक अध्ययनले यसलाई पहिलो नेपाली फिल्म मान्‍न सकिने दाबीलाई बल पुर्‍याए पनि यसका निर्देशक भनिएका डीबी परियारको भूमिकाला…

५५ वर्षपछि झन् जेलिँदै पहिलो फिल्मको इतिहास

अहिलेसम्म पनि यो विवाद टुंगिसकेको छैन । तर, केही समयअघि नारायणहिटी दरबार संग्रहालयभित्र रहेको हलमा यसको रिल भेटिएपछि यो विवाद टुंगिने अपेक्षा गरिएको थियो । तर, दरबारमा भेटिएको रिलको प्रारम्भिक अध्ययनले यसलाई पहिलो नेपाली फिल्म मान्‍न सकिने दाबीलाई बल पुर्‍याए पनि यसका निर्देशक भनिएका डीबी परियारको भूमिकाला…

नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने - Purbeli News

काठमान्डाैं / नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् । नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेको छ । त्यसैले सो हल खुला गरी अवलोकनकर्ताका लागि...