काठमाडौं। नेपालमा हालसम्म कोरोना संक्रमणका आशंकामा ३३ लाख २२ हजार ५५४ नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १८.९२ प्रतिशतमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर र एक लाख ७ हजार ८२९ जनाको एन्टीजेन विधबाट परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये छ लाख २८ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।