एजेन्सी। स्कटल्यान्डका युवा खेलाडी विले गिलमौर कोभिड–१९ संक्रमित भएका छन्। उनले अब युरो–२०२० मा मंगलबार राती हुने क्रोएसियाविरुद्धको खेल गुमाउने भएका छन्। दुई खेलबाट एक अंक जोडेको स्कटल्यान्ड समूह ‘डी’को पुछारमा छ। स्कटल्यान्डलाई प्रतियोगितामा नकआउट चरणको सम्भावना कायम राख्न क्रोएसियालाई हराउनै पर्नेछ। स्कटल्यान्ड फुटबल संघले गिलमौर दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेको जनाएको छ।