युरोकपको तयारीमा रहेको स्पेनका कप्तान सर्जियो बुस्क्वेटसलाई कोभिड संक्रमण भएको छ। बार्सिलोनाका मिडफिल्डर उनलाई कोभिड संक्रमण देखिए पनि टिमका अन्य खेलाडीको कोभिड परीक्षण भने नेगेटिभ नै देखिएको छ।
बुस्क्वेटसलाई कोभिड देखिएसँगै मंगलवार तय लिथुवानियासँगको मैत्रीपूर्ण खेल प्रभावित बन्ने भएको छ। लिथुवानियासँगको उक्त मैत्रीपूर्ण खेल अब स्पेनको यू २१ टिमले खेल्नेछ।…