जनकपुरधाम : मधेशी आयोगले १४९ वटा जात र मुस्लिम थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २ हजार २ सय भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण र