राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेश गरिएको हो । राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन