काठमाण्डाै – नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा नपुग्ने बताउनुभएकाे छ । आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले श्रीलङ्का र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयाे, ‘श्रीलङ्का उच्च विदेशी ऋण भएको देश हो । श्रीलङ्का सरकारको स्वामित्वका संस्थाहरूको ऋणसमेत जोड्ने हो भने सरकारको दायित्व कुल गार्हर्थ्य उत्पादनको ११७ प्रतिशत हुन आउँछ । ११७ प्रतिशत ऋण भएको देश र ४० प्रतिशत कुल गार्हस्थ्य उत्प...