एसईईमा उत्कृष्ट अङ्क ल्याउने कुश्मा नगरपालिकाका १३ विद्यार्थीले पाए ३० हजार भत्ता

पर्वत : कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै ३०/३० हजार वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसईई परीक्षामा सामुदायिक विद्यालयबाट…

सम्बन्धित सामग्री

बहुक्षेत्रीय पोषण कार्यक्रममा ९१ लाख लगानी

पर्वत (अस) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा पर्वत र म्याग्दीमा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत यी दुई जिल्लामा चालू आर्थिक वर्षमा करीब ९१ लाख रुपैयाँ लगानी हुने भएको हो । गत आर्थिक वर्षदेखि नै कार्यक्रम सञ्चालनमा रहेका म्याग्दीका ६ स्थानीय तहका लागि ४६ लाख रुपैयाँ र चालू आर्थिक वर्षदेखि कार्यक्रम शुरू गर्न लागिएको पर्वतका सातओटा स्थानीय तहका लागि ४४ लाख ९० हजार रुपैयाँ लगानी गर्न लागिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीका अनुसार बहुक्षेत्रीय कार्यक्रमभित्र रहेको पोषण प्रवर्द्धनका लागि उक्त रकम लगानी गरेर आमा र बच्चाको स्वास्थ्य अवस्था बलियो पार्ने प्रयास गर्न लागिएको हो । सहसचिव अधिकारीका अनुसार पर्वतको कुश्मा र फलेवास नगरपालिकाले समान ६ लाख ७० हजार रुपैयाँ पाउनेछन् भने जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र विहादी गाउँपालिकाले समान ६ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाले ८ लाख र बाँकी रहेका मंगला गाउँपालिका, धवलागिरि गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका र मालिका गाउँपालिकाले समान ७ लाख ६० हजार रुपैयाँ पाउने भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले पर्वतमा आंशिक प्याकेजको रूपमा आएको बहुक्षेत्रीय पोषण कार्यक्रमलाई सकेसम्म स्थानीय तहको समेत थप बजेट व्यवस्थापनमा पूर्ण प्याकेजको बनाउन प्रयास गरिने बताए । तर, आइसकेको आंशिक प्याकेजका लागि चालू आर्थिक वर्षमा निर्देशक समितिको गठन, तथ्यांक अद्यावधिक, विशेष अनुदान प्रस्ताव, आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा प्राथमिकता दिने लगायत काम गरिने उनको भनाइ छ । ‘९५ प्रतिशत जीर्ण रोगहरू खानाका कारण शुरू हुने भएकाले खानपानमा विशेष ध्यान दिन आवश्यक छ,’ राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले भने ।