२० असोज, विराटनगर । प्लाई र केमिकल गोदाममा आगलागी हुँदा करिब पौने ४ करोड रूपैयाँ बराबरको क्षति भएको छ । बूढीगंगा गाउँपालिका–१ गंगा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी हुँदा पौने चार करोड बराबरको क्षति भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो । आज दिउँसो […]
काठमाडौँ– ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिव ७ लाखको क्षति भएको छ । बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए । आगलागीको सूचना […]
चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।...
काठमाडौँ- भृकुटीमण्डपमा बुधबार भएको आगलागीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्ष सन्तोष सिंह राठौरका अनुसार आगलागीबाट करिब ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको दाबी गरिएको छ । समाज कल्याण परिषद् र आपांग संघको गोदाममा आगलागी हुँदा सो क्षति भएको उनले बताएका छन्। राठौरका […]
दाङ – दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ। बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो […]
दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । क्षतिको विवरण अझै
दाङ - दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ ।
विद्युतकाे तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।
काठमाडौँ– काठमाडौँको टेकुस्थित एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको कार्यालय नजिकैको घरमा रहेको गोदाममा आगलागी भएको हो । बाल्ट्रा कम्पनीको घरायसी सामान राख्ने गोदाममा विद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ । काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगालागीबारे थप […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिए । बिजुली […]
ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योग अर्थात कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो लाग्नुको कारण खुलेको छैन । गएराति २ बजेतिर लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार महतोले बताउनुभयो।