भारतबाट नेपाललाई आउनेलाई सीमा नाकामा कडाई

पछिल्लो समय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन् । सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन् । जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाई गर्न थालिएको छ ।

सम्बन्धित सामग्री

निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने

बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएकाे छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सीमा क्षेत्रको दशगजा […]

अफगानी नागरिक भित्रने डरले जमुनाह नाकामा कडाई

नेपाल–भारत सीमा नाका खुल्ला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

सीमा नाकामा कडाई गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाई गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन र कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका अपनाउन बाहिनीपतिहरुलाई भनेका छन् । आफ्ना युनिटको अवस्था बुझ्न र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनक

http://gorkhapatraonline.com/mainnews/2020-04-09-12035

नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ । त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्त्रालयका एक उच्चअधिकारीका अनुसार, सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । बोर्डर (सीमा) विओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी वलको पाँचहजार जनशक्ति फिल्डमा खटिएको छ ।