कोरोना महामारीको तेस्रो लहर सुरु भइसक्दा पनि म्याग्दीमा भने यसका लागि कुनै तयारी गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा स्थापना गरिएको अक्सिजन जडित भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसनका संरचना यतिबेला लथालिंग अवस्थामा छन् । संक्रमणको प्रभाव कमजोर भै लकडाउन हटेसँगै कोरोना परीक्षण तथा उपचारको तरिका परिवर्तन गरिएको थियो ।