इलाम : लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ ५ बजेको समयमा इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो। उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ) अन्दाजी ५ ग्राम र चलाएर ल्याएको प्रदेश नं १–०...