ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।...

सम्बन्धित सामग्री

हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर दिन खाेज्ने श्रीमती पक्राउ !

दाङ – दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र रहेका २२ वर्षका श्रीमान् अशोक खड्कालाई भेट्न गएकी शान्तिले लगेकाे फलफूलभित्र ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । बरामद गरिएको ब्राउन सुगर एक सय २० मिलिग्राम रहेको प्रहरीले बताएको छ ।

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

काठमाडौं । झापाको दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापाकै अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३६ वर्षीय रेस बहादुर सार्की रहेका छन् । शनिबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची […]

पेस्तोल र ब्राउन सुगर सहित बाँकेबाट ३ जना पक्राउ

बाँकेको खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट प्रहरीले अटोमेटिक पेस्तोल र ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका रविन्द्र थापा उर्फ गल्छी, खजुरा गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिश थापा र नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका सुरेश रोका मगर छन् ।ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ ।आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्

बाँकेमा ब्राउन सुगर र पेस्तोलसहित ३ जना पक्राउ

दाङ : बाँकेमा प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खजुरा गाउँपालिका १  बहादुरपुरका २५ वर्षीय रविन्द्र थापा, खजुरा २ बस्ने  २७ वर्षीय मनिष थापा, र  नेपालगन्ज उपमहानगरपालिका १३ भृकुटीनगर बस्ने  २८ वर्षीय सुरेश रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार आइतबार करिब साढे ६ बजेतिर रबिन्द्रले आफ्नै  घरमा लागू औषध ब्राउनसुगर  कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी का

बाँकेमा ब्राउन सुगर र १ लाख ६२ हजार रुपैयाँसहित ४ जना पक्राउ

दाङ :  बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर र १ लाख ६२ हजार रुपैयाँ नगदसहित ४ जना पक्राउ गरेको छ।पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-७ गगनगञ्ज बस्ने २८ वर्षीय आदित्य श्रेष्ठ, २६ वर्षीय अंकित श्रेष्ठ, २४ वर्षीय शुभम मानन्धर र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षीय गणेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।बिहीबार दिउँसो करिब सवा ३ बजेतिर आदित्यको घरमा लागुऔषध ब्राउन सुगर ल्याई बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध नियन

र्यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । अनुसन्धानमा संलग

ब्राउन सुगर र गाँजासहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ

झापाको मेचिनगर नगरपालिका ४ स्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीले  ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।डब्लु बि ७४ ए के ६०९९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने ३७ बर्षिय समर बहादुर आलेलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश राईसिङबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो ।     पक्राउ परेका आलेलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी...

ब्राउन सुगर बोक्ने थापा पक्राउ

३ ग्राम लागु औषध ब्राउन सुगर सहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ११ स्थित बा ६८ प ५५६७ नम्बरको मोटसाईकलमा सवार बर्दिया बाँसगढी नगरपालिका ९ बस्ने वर्ष २५ को हरि बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा / झापा बिर्तामोड नगरपालिका -३ का २१ बर्षीय मानव राजबंशीलाई लागूऔषध ब्राउन सगुर सहित पक्राउ गरिएको छ । बुधबार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर -६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ । The post लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ appeared first on Purbeli News.