खल्ती एप्सको ‘कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–२ घर भएका १८ वर्षका निरञ्जन कुमार गुप्ता र १८ वर्षीय करण यादव छन् ।जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर उनिहरुलाई पुस ३० मा पक्राउ गरेर काठमाडौं ल्याएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।आरोपीहरुले खल्ती एप्स प्रयोगकर्तालाई फोन गरेर ‘म खल्ती एप्सको कर्मचारी हुँ, तपाईको खल्ती ख