काठमाण्डाै – सरकारले प्रधानसेनापति प्रभुराम शर्माकाे भ्रमण स्वीकृत गरेकाे छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडीएफ सिरिया तथा मित्र राष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभया...