बजेट कार्यान्वयनमा कुनै पनि तत्वले प्रभाव पार्दैनन् : उपप्रधान एवम् अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा कुनै पनि तत्वले प्रभाव नपर्ने बताएका छन् । उनले चालु आर्थिक वर्षको असार १५ गतेसम्म कार्यविधि निर्माण गरी साउन १ गतेबाट सरकार बजेटको कार्यान्वयनमा लाग्ने जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन र चुनौती विषयक भर्चुअल अन्तरक्रियामा उनले कार्यविधि निर्माण समयमै गरेर बजेट कार्यान्वयनलाई समयमै पूर्णता दिने प्रतिवद्धता गरेका हुन् । आगामी वर्ष प्रतिनिधि सभा र स्थानिय तहको चुनाव गर्नु पर्नेछ सरकारको दायित्व भएपनि यस्तो अवस्...