कृषिमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक् अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्यन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

जमिन बाँझाे नछाेडी खेती गर्नुपर्छ, कृषिमा आत्मनिर्भर हुनुपर्छ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्...

देश समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: मन्त्री भुसाल

उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन्।...

बजेटबारे कृषिमन्त्री यादव–एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन्। एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सरकारले ल्याएको...

एकवर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने कृषि मन्त्रीकाे दावी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आज (शनिबार) आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड […]

एक वर्षमा नेपाल कृषिमा आत्मनिर्भर हुन सक्छ : कृषि मन्त्री यादव

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्। ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-२०८० को नीति तथा कार्यक्रममा नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको…

एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले शुक्रबार आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्

आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्छः कृषिमन्त्री

काठमाडौं, २८ फागुन । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “हामीले बजेटभित्र रहेर नै किसानको हक हितमा काम अगाडि बढाउने हो । कृषि […]

कृषकको समृद्धिले मात्र मुलुक आत्मनिर्भर : कृषिमन्त्री यादव

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन् ।४१ औं विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए । उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पु¥याएको क्षतिलाई मध्यनज गर्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको बताउँदै […]

‘किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न सकिन्न’

काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन्। काठमाडौंमा शुक्रबार अयोजित ४१ औँ विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए। उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पु¥याएको क्षतिलाई ध्यानमा राख्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज […]

कृषिमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारद्वारा कृषिमै बजेट घटाउन प्रस्ताव

काठमाडौं । कृषिमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषिमा चालु आर्थिक वर्षमा प्राप्त भएको भन्दा ५ अर्ब घटाएर बजेट आधार तोकेको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषिको बजेट घटाएर प्रस्तावित गरिएको हो । विगत ३ वर्षदेखि नयाँ कार्यक्रम नल्याएको सरकारले आगामी नर्षमा पनि क्रमागत योजना बाहेक नयाँ कार्यक्रम नथप्न अर्थमन्त्रालयले मन्त्रालयहरुलाई निर्देशन नै दिएको थियो । सरकारले प्राथमिकता दिएको क्षेत्र कृषिमा चालु आर्थिक बर्षमा प्राप्त भएको भन्दा ५ अर्ब घटाएर बजेट आधार तोकिएको छ । यस्तो सिलिङ्ग तोकिएपछि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अधिकारीहरु अर्थमन्त्रालयसँग असन्तुष्ट बनेका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रमा बजेट घटाएर उत्पादन बढाउन नसकिने भन्दै त्यसले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल नहुने बताउनुभयो । उहाँले बजेट निर्माण र कार्यक्रमको प्राथमिकीकरणको पुरानो शैली त्याग्नु अत्यावश्यक रहेको बताउनुभयो । आगामी आर्थिक वर्ष केही नयाँ कार्यक्रमलाई अगाडि बढाउन लागिएको जानकारी गराउदै उहाँले अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग छलफल गरेर आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक बर्ष इजरायली सरकारसंग मिलेर सेन्टर फर एक्सलेन्स नामको कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो । इजरायलको विशेषज्ञता र प्रविधि हासिल हुने गरि ७ वटा प्रदेश र कृषि मन्त्रालयका सबै बागवानी केन्द्रहरुमा यो कार्यक्रम लागु गरिने छ । त्यसैगरी मुख्यबाली तथा उत्पादनमा आत्मनिर्भर हुनेगरि कार्यक्रम अघि बढाईने भएको छ । साथै सरकारले कुखुराको मासु, अण्डा, खसी, बोका र बंगुरको माुसमा आत्मनिर्भर भएको घोषणा गर्ने पनि तयारी गरेको छ । मन्त्री अर्यालले कृषिको व्यवसायीकरण र औद्योगिकीकरणमा बजेट बढी केन्द्रीत हुने बताउनुभयो । अहिले भईरहेका साना तथा खुद्रा प्रकारको उत्पादनलाई निरुत्साही गर्दै पकेट क्षेत्र बनाएर निर्यात गर्न सक्ने गरि मास प्रोडक्सनमा जाने गरि सरकारले तयारी थालेको पनि उहाँले जानकारी दिनुभयो । अहिले नमुनाको रुपमा सुन्तला जापान जान थालेको र सुकेको घाँस चिन निर्यात हुने अन्तिम अवस्थामा पगेको पनि मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालका अनुसार, सरकारले विषादी रहित खाद्य वस्तुको उत्पादन र बजार व्यवस्थामा पनि ...