पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङको भ्याप्ले खोला नजिकै पहिरो झरेपछि पोखरा–बागलुङ सडक बुधवार रातीदेखि फेरि अवरुद्ध भएको छ।मंगलबार साँझ झरेको पहिरो बुधवार बिहान पन्छाएपछि बुधबार मध्यान्हबाट सडक सञ्चालनमा आएको भए पनि वर्षा नरोकिँदा सोही ठाउँमा पहिरो झरेर सडक पुनः अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीका अनुसार मध्यपहाडी सडक आयोजनाकै जेसिबीको सहयोगमा झन्डै एक घण्टादेखि पहिरो पन्