पर्वत : मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको दुई ठाउँमा झरेको पहिरोका कारण पोखरा–बागलुङ सडक खण्ड बिहीबार मध्यान्हदेखि अवरुद्ध भएको छ।गत असार २२ गते राति कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीका कारण १६ घण्टासम्म अवरुद्ध भएपछि एकतर्फी रूपमा सुचारु गराइएको सडक बिहीबार बिहानबाट पुन अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काका अनुसार वर्षाको क्रम नरोकिएपछि सडकमा आएको लेदो, गेगर र ढुङ्गाका कारण एकतर्फ