झापा । भद्रपुरस्थित जिल्ला स्वास्थ्य कार्यालय झापाको गोदामबाट चार सय मात्रा भेरोसिल खोप लुटिएको छ । भद्रपुरका दुई वडाध्यक्षको नेतृत्वमा आएको समूहले खोप लुटेर लगेको स्वास्थ्य कार्यालयले जनाएको हो । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की र वडा नम्बर–८ का अध्यक्ष मनोज सुब्बा गौरवको नेतृत्वमा आएको समूहले खोप लुटेको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले बताए । […]