मोरङ- लम्पी स्किन रोगको संक्रमण मोरङमा तीव्रगतिमा फैलिँदै गएको छ।विराटनगरस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका अनुसार जिल्लामा गाईगोरु, तथा रागाँभैसीमा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको छ। कार्यालयका प्रमुख डा. अजयकुमार साहले शुक्रबारसम्मको आंकडाअनुसार जिल्लामा १३ हजार ८ सय ९० पशुमा संक्रमण पुष्टि भएको छ। डा. साहका अनुसार पछिल्लो समय पूर्वपश्चिम राजमार्गको […]