न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तान भने लगातार दोस्रो खेलमा पराजित भयो। सोमबार भएको खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवातको बाबजुद १९० रनको मध्यम स्कोर बनाएको थियो। उसका लागि कप्तान बिष्माह मारुफले सर्वाधिक ७८ रनको योगदान दिँदा अलियाज रियाजले पनि ५३ रन बनाएकी थिइन्। त्यस्तै फतिमा सनाले १४ तथा ओमइमा सोहइलले १२ रन जोड