सरकारले स्वास्थ्य बीम गराएका बिरामीको उपचार खर्च बापतको खर्च सोध भर्ना नगराएको भन्दै केही अस्पतालले उपचार बन्द गराएकोमा नेपाली काँग्रेस पाल्पाले आपत्ति जनाएको छ । काँग्रेस महामन्त्री गगन कुमार थापा स्वास्थ्यमन्त्री हुँदा ल्याइएको स्वास्थ्य बीमालाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भइरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर गर्न काँग्रेस पाल्पाले अपिल गरेको हो ।काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका