काठमाण्डाै - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाेसिएशनले उधारो कारोबार बन्द गर्न सम्पूर्ण पेट्रोलियम बिक्रेतालाई आग्रह गरेको छ ।बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरि पुनः अर्को पेट्रोल पम्पबाट खरिदकर्ताले पुनः उधारो लिने गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको एसाेसिएशनले जनाएको छ ।एसाेसिएशनको केन्द्रीय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम नगद भुक्तानी गरेर मात्र हुने भएकाले बिक्रीवितरण पनि नगदमा गर्न/गराउन अनुर...