बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले रिले अनशन सुरु गरेका छन् । शुक्रबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको पीडितले बताए । काठमाडौं उपत्यकासहित चितवनबाट पनि सहकारी पीडितले आन्दोलन थालेको जनाएका छन् ।