कर्णाली प्रदेश सरकारले विपन्न समुदायको लागि एकीकृत बस्ती विकास गर्न ४८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै स्थानीय तहसँगको समन्वय र साझेदारीमा एकीकृत बस्ती विकास, जनता आवास र विपन्नको घर कार्यक्रमको लागि ४८ करोड ९५ लाख विनियोजन गरेको जानकारी दिए ।